मुख्य समाचार

थप समाचार

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

चोरमारा । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ कोटेघाटका स्थानीय बासिन्दा नेकपा एमाले प्रवेश गरेका छन् । कोटेघाटका एक सय भन्दा बढी स्थानीयलाई नेकपा एमाले केन्द्रीय सदस्य तिलक महत सहित एमालेका नेताहरुले स्वागत गरेका हुन् । कोटेघाटका अधिकाम्स स्थानीय यस अगाडी नेपाली कांग्रेसमा आवद्ध थिए । 
विगतमा सो क्षेत्रका स्थानीयले महसुस गर्न नसकेको बिकास अहिलेको स्थानीय सरकार र प्रदेश सरकारका प्रतिनिधि मार्फत भएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनिहरुले बताए । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महत सहित लेखा आयोग सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य पद्मा जि.सी, पार्टी जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, गण्डकी प्रदेशका पूर्व मन्त्री रोशन बहादुर गाहा, संविधान सभा सदस्य जीवन श्रेष्ठ लगायतका नेताहरु कोटेघाट पुग्नु भएको थियो ।  
नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले केन्द्रीय सदस्य महतले समृद्ध नेपाल सुखी नेपालीको अभिलासा पुरा गर्न सबै तिनै तहमा एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताउनु भएको छ । हालको स्थानीय सरकार र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश माननियको पहल र सबै एमाले नेताहरुको प्राथमिकतामा कोटेघाट देखि कुडापानी लगायतको क्षेत्रको बिकासका कामहरु तिब्र रुपमा अगाडी बढेको उहाँले बताउनुभयो । 
केन्द्रीय लेखा आयोग सदस्य पद्मा जि.सी. श्रेष्ठले आफ्नो जन्मथलो कुडापानी र आसपासको बिकासमा आफु सदैव अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो । आफु संगै पढेका साथि देखि आफ्ना छरछिमेकलाई एमालेमा स्वागत गर्न पाउदा खुसी महसुस भएको उहाँले बताउनुभयो । 
अधिकांश मगर समुदायका स्थानीय उपस्थिति रहेको कार्यक्रममा मगर भाषामा नै सम्बोधन गर्नु भएका गण्डकी प्रदेशका पूर्व मन्त्री रोशन बहादुर गाहाले वर्गिय विभेदको अन्त्य र सबै समुदायको समान अधिकारको पक्षमा वकालत गर्ने पार्टी भएकाले भएको उहाँले बताउनुभयो । आदवासी जनजाती, दलित समुदायहरुको हकमा लागि पार्टी स्थापनाकाल देखि नै निरन्तर कार्य गर्दै आएको उहाँले बताउनुभयो । 
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले स्थानीय जनतालाई निर्वाचन पूर्व गरेका अधिकाम्स बाचाहरु पुरा गर्ने चरणमा आफुहरु रहेको बताउनुभयो । भौगलिक रुपमा विकट भएको यस क्षेत्रका बिकास पालिका सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । 
पार्टी प्रवेश कार्यक्रममा सहभागीहरुले एमालेका नेताहरुसंग आफ्ना अपेक्षाहरु राखेका थिए । 

राष्ट्रिय

थप समाचार

प्रहरीद्वारा सर्लाहीको १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट

2023-12-08

जाजरकोटमा भीरबाट लडेर महिलाको ज्यान गयो

2023-12-08

त्रिभुवन विमानस्थलबाट बरामद धातु सुन भएको पुष्टि

2023-12-08

प्रधानमन्त्रीलाई विप्लवको चेतावनी : जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्

2023-11-18

भूकम्प पीडितका लागि विनयी त्रिवेणी गाउँपालिकाले दुई लाख रुपैया सहयोग गर्ने

2023-11-05

भूकम्प पीडितका लागि मध्यविन्दु नगरपालिकाले दुई लाख रुपैया सहयोग गर्ने

2023-11-04

एमाले नवलपुरको चियापान कार्यक्रम स्थगित

2023-11-04

सुनसान बन्यो काठमाडौं उपत्यका

2023-10-23

नवनियुक्त कर्णाली प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

2023-09-25

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौ :मेयर रेनु दाहाल

2023-09-25

प्रहरीद्वारा अवैध सामान बरामद

2023-09-25

राजनिती

थप समाचार

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

2023-12-08

एमाले नवलपुरले कात्तिक १८ गते चियापान कार्यक्रम गर्ने

2023-11-02

भरतपुर ११ म धुमधाम का साथ जनयुद्ध दिवस

2023-09-25

अखिल क्रान्तिकारी भरतपूर-११ को ईन्चार्जमा क.सुबिज्ञ सापकोटा 'बिराज'

2023-09-25

कबिलासी नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी कर्ण सहित हजारऔ कार्यकर्ता कांग्रेसमा प्रवेश

2023-09-25

नवीन अधिकारि द्वारा माओवादी केन्द्र माडी ७ मा वार्ड अध्यक्षका रुपमा आफ्नो दाबी प्रस्तुत

2023-09-25

अर्थ-रोजगार

थप समाचार

भ्रम फैलाएर सेयर मूल्य प्रभाव पार्न खोज्नेलाई कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर मूल्यमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमार्फत टिप्पणी नगर्न चेतावनी दिएको छ । यसो गरेको पाइए कानुन बमोजिम कारवाही गर्नेसमेत बोर्डले चेतावनी दिएको छ ।

शुक्रबार सूचना जारी गर्दै बोर्डले विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्यमा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको पाइएकाले त्यसो नगर्न चेतावनी दिएको हो ।

‘विभिन्न माध्यममा सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको गुनासो बोर्डमा आएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ बोर्डले जारी गरेकफ सूचनामा भनिएको छ, ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसूर गरेको मानिने जानकारी गराइन्छ ।’

बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन बोर्डले भनेको छ । सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने बोर्डले चेतावनी दिएको छ । साथै लगानीकर्ताहरुलाई उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न पनि बोर्डले आग्रह गरेको छ ।

कर्मचारी सञ्चयकोषद्वारा जग्गा खरिद सापटीकर्जा सुरु

2023-09-25

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

2023-09-25

च्याउ खेतीका लागि झुण्डाइएको प्लाष्टिका थैला

2023-09-25

विद्युत् आपूर्ति अनियमित हुँदा बाजुराका सञ्चारकर्मीलाई काम गर्न सकस

2023-09-25

नेपाल राष्ट्रिय उधाेग व्यापार संगठनको महानगर कमिटी निर्माण

2023-09-25

अन्तराष्ट्रिय

थप समाचार

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

२८ कात्तिक (रासस÷सिन्ह्वा) : चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो । उहाँहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नुभएको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिनुभएको छ ।

 

यस फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्धिपक्षीय सम्बन्ध, दुई देशबीचको द्धिपक्षीय व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उहाँहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ ।

 

सोही उच्चस्तरीय वार्ताको पूर्व सन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिनुभएको हो ।

स्वास्थ्य

थप समाचार

१८ वर्षभन्दा माथिका सबैलाई खोप

नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा

2023-09-25

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

2023-09-25

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

2023-09-25

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2024, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .