सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

कावासोती । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ र ४ मा रहेका ह्याचरी तथा ठुला कुखुरा फर्महरूको गाउँपालिकाले अनुगमन गरेको छ । सर्दी क्षेत्रमा झिंगाहरू अत्याधिक लाग्न थालेको गुनासो स्थानीयले गरेपछि गाउँपालिका उपाध्यक्ष भगवती बैदवार क्षेत्री नेतृत्वको टोलिले मंगलबार त्यस क्षेत्रमा रहेका ह्याचरी तथा फर्मको अनुगमन गरेको हो । 
मौरीको हुल जसरी झिंगा बस्तीमा अत्याधिक देखिएको गुनासो प्राप्त भएपछि स्थलगत अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष बौदवारले बताउनुभयो । ह्याचरी तथा ठुला फर्महरूबाट कुखुराको सुली निकाल्ने समयमा भएको कारण झिंगा बढेको अनुगमनको क्रममा भेटिएको उहाँले बताउनुभयो । झिंगाको कारण मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई ध्यानमा राखेर सुलि निकाल्दा अपनाउनु पर्ने सावधानिका उपायहरु अबलम्वन गर्न गाउँपालिकाले व्यवसायीहरूलाई निर्देशन समेत दिएको छ । 
हिउँदे बाली लगाउने तयारीमा रहेका कृषकहरूले ह्याचरी तथा कुखुरा फर्मबाट खरिद गरेको खुली खेतबारीमा त्यसै छर्केर मात्रै छाडेका कारण पनि झिंगाको प्रकोप बढेको हो । खेतबारीमा सुली हाल्न साथ खेत जोत्नका लागि समेत गाउँपालिकाले कृषकहरूलाई अनुरोध गरेको छ । खुल्लारूपमा सुली खेतबारीमा राख्दा झिंगाको समस्या अझै बढ्न सक्ने भएकाले त्यसको सहि व्यवस्थापन गर्न पालिकाले व्यवसायिलाई निर्देशन र कृषकलाई समेत अनुरोध गरेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख याम प्रसाद पौडेलले बताउनुभयो । 
विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा ठुला ह्याचरी तथा कुखुरा फार्महरू सञ्चालनमा छन् । ति ह्याचरी तथा फार्म आसपासको क्षेत्रमा समय समयमा झिंगाहरू देखिने गरेको स्थानीयहरू बताउछन् । अहिले धानबाली भित्राउने र हिउँदेबाली लगाउने समय भएकाले कुखुराको सुली (मल) को माग अत्याधिक हुने गर्छ । 
अनुगमनको क्रममा गाउँपालिकाको कार्यालयमा व्यवसाय दर्ता नविकरण गर्न बाँकी रहेको व्यवसायीहरूलाई तत्काल व्यवसाय दर्ता प्रक्रियामा आउन र नविकरण गर्न बाँकी भए नविकरण गर्न समेत अनुगमन टोलिले निर्देशन दिएको छ । व्यवसाय सञ्चालन गर्दा पुरा गर्नुपर्ने मापदण्डहरू पुरा गर्न निर्देशन दिदै आगामी दिनमा त्यसो नभएको भेटिए कारवाही गरिने समेत गाउँपालिकाले जनाएको छ । 
झिंगाको कारण सृजना हुन सक्ने सम्भाव्य जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाबाट उपाध्यक्ष बैदवारको नेतृत्वमा इलाका प्रहरी कार्यालय दुम्किबास इन्स्पेक्टर राजन प्रसाद तिमिल्सिना, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपराज पाण्डेय, प्रशासन शाखा प्रमुख याम प्रसाद शर्मा पौडेल, स्वास्थ्य शाखा प्रमुख ध्रुबराज काफ्ले, पशु चिकित्सक प्रीती यादव, नगरप्रहरी सहितको टोलि प्रभावित क्षेत्रमा पुगेको थियो । 
अनुगमनको क्रममा टोलिले झिंगाको कारण मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम व्यवस्थापनका लागि सचेत बन्न समेत स्थानीयलाई अनुरोध गरेको छ । 

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट
कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा
मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट
मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा
गडार खोला पुलको शिलान्यास
स्वदेशमै उत्पादित आलु–प्याजमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग
भ्रम फैलाएर सेयर मूल्य प्रभाव पार्न खोज्नेलाई कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी
एनसेल बिक्री गरेको होइन, बिक्रीको नाटकमात्र हो : राजेन्द्र पाण्डे
एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने
बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घट्ने
मध्यविन्दु कैलाशेश्वर शिवमन्दिरमा मंसिर ११ देखि १८ सम्म श्रीमद्भागवत महायज्ञ हुने
विद्यार्थी कल्याणकारी कोषमा एक लाख ५० हजारको अक्षयकोष स्थापना
कर्मचारी सञ्चयकोषद्वारा जग्गा खरिद सापटीकर्जा सुरु
मुस्ताङमा स्याउ उत्पादन बढ्यो
च्याउ खेतीका लागि झुण्डाइएको प्लाष्टिका थैला
विद्युत् आपूर्ति अनियमित हुँदा बाजुराका सञ्चारकर्मीलाई काम गर्न सकस
नेपाल राष्ट्रिय उधाेग व्यापार संगठनको महानगर कमिटी निर्माण

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .