एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

नेपाल सेरोफेरो

2024-06-08

कावासोती । नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा राजु बराल मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । जेठ १८ गते उद्घाटन भएको दोस्रो गाउँपालिका कमिटीको अधिवेशनले राजु बराल मगरको नेतृत्वमा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो । 
निर्वाचित कमिटीका पदाधिकारी सहित कमिटी सदस्यहरुलाई शनिबार निर्वाचन मण्डलका संयोजक नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुर्यप्रसाद पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा होमप्रसाद तिमिल्सिना, सचिवमा टुक बहादुर बैदवार, उपसचिवहरुमा सिता गहतराज र विष्णु प्रसाद चौलागाईं सर्वसम्मत निर्वाचित हुनु भएको हो । अधिवेशनबाट लेखा समिति संयोजकमा बालकृष्ण शर्मा सहित ३ सदस्यीय लेखा समिती समेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  
नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै अध्यक्ष मण्डलका अध्यक्ष समेत रहनु भएका एमाले नवलपुरका अध्यक्ष जिवन श्रेष्ठले पार्टीको सुदृणीकरण र मिसन २०८४ मा केन्द्रीत भएर निर्वाचित कमिटीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा घनश्याम गिरी नेतृत्वको पार्टी कमिटीले प्राप्त गरेको उपलब्धीलाई रक्षा गर्दै पार्टीलाई थप मजबुद गराउने दायित्व नवनिर्वाचित कमिटीको भएको बताउनुभयो । सर्वसम्मत गर्दा कतिपय पार्टीका सदस्यहरुको इच्छा र आकांक्षाहरु तत्काल पुरा नभएको देखिएपनि पार्टी कमिटी र अन्य थप जिम्मेवारी प्रदान गरेर उहाँहरुलाई समेत पार्टी काममा थप क्रियाशिल बनाउने उहाँले बताउनुभयो । 
नवनिर्वाचित गाउँपालिका कमिटीका अध्यक्ष राजु बराल मगरले पार्टी नेतृत्व र कार्यकर्ताले जुन विश्वासका साथ आफ्नो नेतृत्वमा गाउँपालिका कमिटीको जिम्मेवारी प्रदान गर्नु भएको छ । त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले विनयी त्रिवेणी गाउँपालिकामा अझै बलियो र जनप्रिय बनाउन आफु सदैव क्रियाशिल हुने बताउनुभयो । 
नवनिर्वाचित गाउँपालिका कमिटीको प्रथम बैठक शनिबार नै दुम्कीबासमा सम्पन्न भएको छ । बैठकले पार्टी वडा कमिटी तहको अधिवेशन तत्काल सम्पन्न गर्ने सहित सदस्यता नविकरणलाई प्रभावकारी रुपमा संगठित सदस्यहरु समक्ष लैजाने निर्णय समेत गरेको छ ।


# राजनिती # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

भर्खरको पोस्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

अत्याधुनिक लेजर प्रबिधी मार्फत पायल्स,फिसर,फिस्टुलाको उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .