कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

नेपाल सेरोफेरो

2024-03-28

चोरमारा । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ कोटेघाटका स्थानीय बासिन्दा नेकपा एमाले प्रवेश गरेका छन् । कोटेघाटका एक सय भन्दा बढी स्थानीयलाई नेकपा एमाले केन्द्रीय सदस्य तिलक महत सहित एमालेका नेताहरुले स्वागत गरेका हुन् । कोटेघाटका अधिकाम्स स्थानीय यस अगाडी नेपाली कांग्रेसमा आवद्ध थिए । 
विगतमा सो क्षेत्रका स्थानीयले महसुस गर्न नसकेको बिकास अहिलेको स्थानीय सरकार र प्रदेश सरकारका प्रतिनिधि मार्फत भएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनिहरुले बताए । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महत सहित लेखा आयोग सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य पद्मा जि.सी, पार्टी जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, गण्डकी प्रदेशका पूर्व मन्त्री रोशन बहादुर गाहा, संविधान सभा सदस्य जीवन श्रेष्ठ लगायतका नेताहरु कोटेघाट पुग्नु भएको थियो ।  
नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले केन्द्रीय सदस्य महतले समृद्ध नेपाल सुखी नेपालीको अभिलासा पुरा गर्न सबै तिनै तहमा एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताउनु भएको छ । हालको स्थानीय सरकार र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश माननियको पहल र सबै एमाले नेताहरुको प्राथमिकतामा कोटेघाट देखि कुडापानी लगायतको क्षेत्रको बिकासका कामहरु तिब्र रुपमा अगाडी बढेको उहाँले बताउनुभयो । 
केन्द्रीय लेखा आयोग सदस्य पद्मा जि.सी. श्रेष्ठले आफ्नो जन्मथलो कुडापानी र आसपासको बिकासमा आफु सदैव अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो । आफु संगै पढेका साथि देखि आफ्ना छरछिमेकलाई एमालेमा स्वागत गर्न पाउदा खुसी महसुस भएको उहाँले बताउनुभयो । 
अधिकांश मगर समुदायका स्थानीय उपस्थिति रहेको कार्यक्रममा मगर भाषामा नै सम्बोधन गर्नु भएका गण्डकी प्रदेशका पूर्व मन्त्री रोशन बहादुर गाहाले वर्गिय विभेदको अन्त्य र सबै समुदायको समान अधिकारको पक्षमा वकालत गर्ने पार्टी भएकाले भएको उहाँले बताउनुभयो । आदवासी जनजाती, दलित समुदायहरुको हकमा लागि पार्टी स्थापनाकाल देखि नै निरन्तर कार्य गर्दै आएको उहाँले बताउनुभयो । 
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले स्थानीय जनतालाई निर्वाचन पूर्व गरेका अधिकाम्स बाचाहरु पुरा गर्ने चरणमा आफुहरु रहेको बताउनुभयो । भौगलिक रुपमा विकट भएको यस क्षेत्रका बिकास पालिका सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । 
पार्टी प्रवेश कार्यक्रममा सहभागीहरुले एमालेका नेताहरुसंग आफ्ना अपेक्षाहरु राखेका थिए । 


# राष्ट्रिय # राजनिती # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ५७.१४% )

दुःखी ( ०% )

अचम्मित ( २८.५७% )

उत्साहित ( ०% )

आक्रोशित ( १४.२९% )

प्रतिक्रिया

यो पनि पढौँ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2026, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .