स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

नेपाल सेरोफेरो

2024-02-28

चोरमारा । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशमा उच्चतम अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०७९/०८० को मुल्यांकनमा मध्यविन्दु नगरपालिकाले ९०.५० अंक प्राप्त गर्दै प्रदेशको स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा प्रथम बनेको हो । वित्तीय सुशासन जोखिम मुल्यांकनमा नवलपुरका तिन वटा स्थानीय तह उत्कृष्ट १० भित्र रहेका छन् । बौदीकाली गाउँपालिका ८३.५ अंक सहित चौंथो स्थान र गैंडाकोट नगरपालिका ८१.५ अंक सहित छैठौं स्थानमा पर्न सफल भएका हुन् । 
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन गरी पाँच वटा विषय क्षेत्रको मुल्यांकनको आधारमा वित्तीय सुशासन जोखिम मुल्यांकन गरिएको हो । 
यस अगाडी २०७८/०७९ को स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा समेत मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको पहिलो नम्बरको पालिका बनेको थियो । उक्त वर्ष मध्यविन्दु नगरपालिकाले ८९.५ अंक प्राप्त गरेको थियो । 


# राष्ट्रिय # अर्थ-रोजगार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

गडार खोला पुलको शिलान्यास

भर्खरको पोस्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .