मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

नेपाल सेरोफेरो

2024-01-04

तिर्थराज डुम्रे
चोरमारा । मध्यविन्दु नगरपालिका नगर कार्यपालिकाको बैठक मध्यविन्दु–११ मा निर्माणधिन फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा बसको छ । नगरपालिकामा नवप्रवद्र्धन कार्यक्रमको रुपमा निर्माणधिन उत्पादन केन्द्रमा भईरहेको कार्यप्रगति र फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले गरिरहेको प्रयासहरु बारे आम नगरबासी सम्म सन्देश प्रवाह गर्न नगर कार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा सम्पन्न गरिएको मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । 
बैठकले नगरपालिकाको सबै वडामा सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । फोहोरमैला व्यवस्थापन बारे आम नागरिकलाई सचेत बनाउने र सरसफाई अभियानमा सहभागी गराउने उद्देश्य सहित अभियान सञ्चालन गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । बैठकमा नगर प्रमुख भिमलाल अधिकारीले गण्डकी प्रदेश सरकारसंगको साझेदारीमा निर्माणधिन फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउनु भएको थियो । निकट भविश्यमा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । 
नगर कार्यपालिकाको बिहिबार सम्पन्न कार्यपालिका बैठकले विद्यालय सुधार र खानेपानीको पहुँच स्थापित गर्न दुई वटा अध्ययन समिति गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले नगर प्रवक्ता रणबहादुर थापाको संयोजकत्वमा सामुदायिक विद्यालय सुधार अध्ययन समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले जानकारी दिनुभयो । समितिमा नगर शिक्षा समिति सदस्यहरु लेखराज भण्डारी, भानुभक्त पंगेनी र अर्जुन खनाल सदस्य रहनु हुनेछ । 
कार्यपालिका बैठकमा नगर प्रमुख भिमलाल अधिकारीले विद्यालय सुधारको लागि माघ मसान्त भित्र स्पष्ट खाका सहितको अध्ययन प्रतिवेदन गर्नेगरी समिति गठनको प्रस्ताव गर्नु भएको थियो । उक्त प्रतिवेदनको आधारमा विद्यालय मर्जर तथा सुधारको कार्यक्रम सञ्चालन हुनेछ । 
यस्तै मध्यविन्दु नगरपालिकाको विभिन्न वडाहरुमा देखिएको खानेपानी सम्बन्धी समस्याको दीर्घकालिन व्यवस्थापनको लागि समेत नगर कार्यपालिकाले अध्ययन समिति गठन गरेको छ । विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी आयोजनाहरु प्रभावकारी बन्न नसकेको तथा पानीका स्रोतहरु सुख्दै जदा सृजना भएको समस्या समाधानलाई ध्यानमा राखेर वडा नं. २ का वडा अध्यक्ष रामभक्त अधिकारीको संयोजकत्वमा उदयराज अर्याल, टिकाराम पाण्डे र कृष्ण भट्टराई सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो । 
खानेपानी तथा उपभोक्ता समितिको सामायोजन तथा सुधार सम्बन्धी सुझाव पेश गर्न गठन गरिएको समितिले माघ मसान्त भित्र आवश्यकताको आधारमा खानेपानी संस्थाहरु बीचको मर्जर तथा अन्य स्थानमा खानेपानी समिति गठन, पुर्नगठन लगायतको विषयमा प्रतिवेदन पेश गर्ने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । 
बिहिबारको कार्यपालिका बैठकले जेष्ठ नागरिक मञ्च गठन तथा सञ्चालन कार्यविधि–२०८० समेत पारित गरेको छ । यस्तै सडक पूर्वाधार सम्बन्धी एमटिएमपी अध्यावधिक गर्ने र नवप्रवद्र्धन कार्यक्रम सञ्चालन सहमति प्रदान गर्ने विषयमा समेत निर्णय गरेको छ । 


# राष्ट्रिय # अर्थ-रोजगार # स्वास्थ्य # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

अत्याधुनिक लेजर प्रबिधी मार्फत पायल्स,फिसर,फिस्टुलाको उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2024, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .