गडार खोला पुलको शिलान्यास

नेपाल सेरोफेरो

2023-12-25

मध्यविन्दु । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – १५ गडार खोलामा पक्की पुल निर्माणको काम शुरु भएको छ । पुलको सोमबार मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले शिलान्यास गर्नु भयो । 
पाँच करोड ८७ लाख ६४ हजार एक सय ३५ रुपैया ५० पैसा लागतमा निर्माण शुरु भएको पुल २०८२ असोज १८ गते निर्माण सम्पन्न हुनेछ । एमएस देवचुली निर्माण सेवा नवलपुरले ४५ मिटर लामो उक्त पुल २०८० असोज २४ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको हो । 
मध्यविन्दु १५ लाई पालिकाको केन्द्र जोड्ने सडकमा पर्ने गडार खोलामा पुल नहुदाँ वर्षाको समयमा स्थानीय बासिन्दालाई आवतजावत गर्न कठिनाई हुदै आएको छ । पुल निर्माण पस्चात मध्यविन्दु १५ का स्थानीय संगै उक्त सडक भएर यात्रा गर्ने यात्रुहरुलाई सहजता हुने मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले विश्वास व्यक्त गर्नुभयो । हाल खोलामा पुल नहुदाँ स्थानीयहरु वर्षाको समय आवतजावत गर्न कठिनाई भोग्दै आएको मध्यविन्दु १५ का वडा अध्यक्ष याम बहादुर के.सी.ले बताउनुभयो ।


# राष्ट्रिय # अर्थ-रोजगार # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

भर्खरको पोस्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .