मध्यविन्दु कैलाशेश्वर शिवमन्दिरमा मंसिर ११ देखि १८ सम्म श्रीमद्भागवत महायज्ञ हुने

नेपाल सेरोफेरो

2023-11-21

चोरमारा । मध्यविन्दु नगरपालिका–७ चोरमारामा अवस्थित मध्यविन्दु कैलाशेश्वर शिवमन्दिर (शिवशक्ति पिठ) मा यहीं मंसिर ११ गते देखि १८ गते सम्म श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । 
पूर्वपश्चिम महेन्द्रराजमार्ग संगै अवस्थित मन्दिरको भौतिक स्तरउन्नती सहित धार्मिक पर्यटकीय स्थलको रुपमा बिकासका लागि महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अर्जुन पुरीले बताउनुभयो । महायज्ञलाई भव्यरुपमा सम्पन्न गर्न मूल समारोह समिति सहित विभिन्न उपसमिति गठनको काम भइसकेको मंगलबार मन्दिर परिषरममा आयोजित पत्रकार सम्मेलन मार्फत पुरीले जानकारी दिनुभयो । महायज्ञमा प्रमुख बाचक बालव्यास श्रवण न्यौपानेको मुखुरविन्दबाट संगितमय कथा वाचन सहित कथा अनुसारको झाकीहरु प्रस्तुत हुनेछ । 
धार्मिक तथा मन्दिरको सर्वाङ्र्गिण विकास गर्ने उद्देश्य सहित आयोजना गरिएको महायज्ञलाई सफल बनाउन सबै धर्मअनुरागी भक्तजनहरुलाई महायज्ञमा सहभागी हुनुहुन प्रमुख बाचक बालव्यास श्रवण न्यौपानेले अनुरोध गर्नुभयो । स्थानीय समुदायको सक्रियतामा आयोजित महायज्ञबाट देवभूमी देवघाटको नजिकै र मध्यभागमा अवस्थित यस मन्दिरलाई धार्मिक पर्यटीयक स्थलको रुपमा विकास गर्ने सम्भावना उच्च रहेको उहाँले बताउनुभयो । 
महायज्ञमा स्थानीय समुदायको उपस्थिति र उहाँहरुबाट प्राप्त हुने दानदक्षिणाको लागि सचिवालय मार्फत पत्रचार सहित महायज्ञमा सहभागीता बृद्धिको काम अगाडी बढेको सचिवालय संयोजक लेखनाथ भट्टराईले बताउनुभयो । महायज्ञमा दान गर्ने दानविरहरुलाई उहाँहरुले गर्नु भएको दानको आधारमा विभिन्न सम्मानको कार्यक्रमहरु तय गरिएको आर्थिक समिति संयोजक भिम गैह्रेले बताउनुभयो ।
धनधान्याञ्चल ज्ञान महायज्ञको मंसिर ११ गते बिहान १०ः३० बजे बाजागाजा सहित विभिन्न भेषभूषायुक्त झाँकी सहित कलश यात्रा संगै दिउसो १ बजे प्रमुख अतिथिद्वारा समुद्घाटन हुने कार्यक्रम रहेको छ । यस्तै हरेक दिन बिहान ५ बजे देखि राष्ट्रिय अन्तर्राष्ट्रिय योग प्रशिक्षक योगाचार्य लक्ष्मी प्रसाद सुवेदीबाट योगसाधना, विहान ६ बजे देखि ७ बजेसम्म पूजा अर्चना, विहान ७ वजेदेखी ११ बजेसम्म मुल पाठकपरायण, वेदपाठ, रुद्री, चण्डी पाठ पारायण, हवन, कीर्तन एवम् तुलादान, मध्यान्ह ११ बजेदेखि वेलुका ४ः३० बजेसम्म संगीतमय भागवत कथा वाचन, लिलामय कथा श्रवण, प्रसंग अनुसार झाँकी, आरती र फुल प्रसाद वितरण, ग्रहशान्ति गर्नुका साथै तुलादान, भूमिदान, द्रव्यदान र दानवीरहरुलाई विशेष सम्मान, वेलुकी ७ बजेदेखि १०ः३० वजेसम्म कथा महाम्त्य राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुवाट भजन कीर्तन तथा समापन र मंसिर १८ विदाई तथा समापन कार्यक्रम रहेको मन्दिरका उपाध्यक्ष ध्रुवप्रसाद तिवारीले बताउनुभयो । 


# अर्थ-रोजगार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

गडार खोला पुलको शिलान्यास

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .