प्रधानमन्त्रीलाई विप्लवको चेतावनी : जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्

नेपाल सेरोफेरो

2023-11-18

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका हुन् ।  उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए । उनले भने, ‘अहिले बजारमा हल्ला छ, २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ । होइन । हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ । मान्छेहरू कामेका पनि छन् । फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरङ्कुश व्यवस्थाको चरित्र हो नि त । हिजो पेपर बन्द गरिदिन्थ्यो । पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो । यसरी हुँदैन, कयौँ मानिसहरू आत्तिएको जस्तो, सत्ता पनि डगमगाएको जस्तो । जनताको मन जितेर पो सा टिक्छ त । मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन । जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ । आत्तिनुपर्दैन ।’

महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताउँदै सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।


# राष्ट्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .