भूकम्प पीडितका लागि विनयी त्रिवेणी गाउँपालिकाले दुई लाख रुपैया सहयोग गर्ने

नेपाल सेरोफेरो

2023-11-05

नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाले जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि दुई लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि गाउँपालिका र गाउँपालिकाबासीको तर्फबाट गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले भूकम्पमा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै मृतकका परिवारजनलाई समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गाउँपालिका अध्यक्षले गर्नु भएको छ ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको कारण जाजरकोट र पश्चिम रुकुममा ठुलो जनधनको क्षति भएको छ । यस अगाडी नवलपुरको मध्यविन्दु नगरपालिकाले पनि भूकम्प पीडितको लागि दुर्य लाख आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।  

 


# राष्ट्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ८०% )

दुःखी ( ०% )

अचम्मित ( २०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

विनयी त्रिवेणी गाउँपालिका र कृषि ज्ञानकेन्द्र बीच छलफल

राष्ट्रिय लोक-संस्कृति पुरस्कार डा. खनाललाई

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दुमा हाम्रो खुशी पाठ्यक्रम सम्बन्धी कार्यशाला

भर्खरको पोस्ट

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2025, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .