नेपाल सेरोफेरो
2023-10-23
६ कात्तिक, काठमाडौं । बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान भएका हुन् ।
सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । धेरैजसो मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर घरमै केन्द्रित छन् । त्यसैले सार्वजनिक यातायातका साधन पनि फाट्टफुट्टमात्र चलेका छन् ।
काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्र पनि आजदेखि सुनसान देखिन्छन् । यी नाकाहरुबाट दैनिक एक लाख मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमानित तथ्यांक छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ ।
दशैंमा हुनसक्ने सम्भावित दुर्घटना र आपराधिक घटना न्यूनीकरण गर्न भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा विशेष सुरक्षा योजना लागू गरेका छन् ।
खुसी ( ०% )
दुःखी ( ०% )
अचम्मित ( ०% )
उत्साहित ( ०% )
आक्रोशित ( ०% )
नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2024, Nepal Serofero. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .